शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

इरानको दाबी: अमेरिकाका तीन एफ-३५ लडाकु विमान ध्वस्त पार्‍यौँ

इरानको दाबी: अमेरिकाका तीन एफ-३५ लडाकु विमान ध्वस्त पार्‍यौँ

आईआरजीसीको जनसम्पर्क विभागले यो आक्रमण केसम टापुमा दुई आवासीय घरमा अमेरिकाले गरेको हवाई आक्रमणको बदला भनेको छ।


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८३, शुक्रबार

काठमाडौं / इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले जोर्डनको अल-अजराक हवाई अड्डामा तीन अमेरिकी एफ-३५ लडाकु विमान नष्ट गरिएको दाबी गरेको छ।

बीबीसी फारसीका अनुसार, आईआरजीसीले जोर्डनको अल-अजराक हवाई अड्डामा क्षेप्यास्त्रले आक्रमण गर्दा तीन अमेरिकी एफ-३५ लडाकु विमान ‘पूर्ण रूपमा नष्ट’ भएको र अन्य तीनवटामा गम्भीर क्षति भएको दाबी गरेको हो।

यो दाबीलाई अमेरिका वा जोर्डनका अधिकारी तथा स्वतन्त्र स्रोतहरूले अझै पुष्टि गरेका छैनन्।

आईआरजीसीको जनसम्पर्क विभागले यो आक्रमण केसम टापुमा दुई आवासीय घरमा अमेरिकाले गरेको हवाई आक्रमणको बदला भनेको छ।

केसममा गरिएको आक्रमणमा एक बच्चासहित एकै परिवारका तीन सदस्य मारिएको र अन्य दुई बालबालिका घाइते भएको इरानले बताएको छ।

आईआरजीसीले अल-अजराक हवाई अड्डामा गरिएको आक्रमणमा धेरै जना अमेरिकी अधिकारी र प्राविधिक कर्मचारी मारिएको दाबी पनि गरेको छ। तर संख्या दिएको छैन।

यसअघि जोर्डन सेनाले इरानबाट प्रहार गरिएका पाँच क्षेप्यास्त्र नष्ट गरिएको र आक्रमणमा कोही हताहत नभएको दाबी गरेको थियो।

अमेरिकाले भने आक्रमणमा एफ-३५ लडाकु विमान नष्ट भएको वा आफ्ना सेना हताहत भएको सम्बन्धमा अहिलेसम्म केही बताएको छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->