मंगलबार, भाद्र २ २०८३

मंगलबार, भाद्र २ २०८३
  • २ भाद्र २०८३ , मंगलबार
  • August 18 2026

हुप्सेकोटमा भूमि व्यवस्थापन सेवा अव पालिकाबाटै

हुप्सेकोटमा भूमि व्यवस्थापन सेवा अव पालिकाबाटै


  • ढाेरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

नवलपुर / नवलपुरको हुप्सेकोट गाउँपालिकाले भूमि व्यवस्थापनको सेवा सुरु गरेको छ । गाउँपालिकाबाटै सेवा सञ्चालनमा आएपछि अब स्थानीयले जग्गा नाप–नक्सा, खरिद–बिक्री तथा नक्सा प्रिन्टजस्ता कामका लागि सदरमुकाम कावासोतीस्थित मालपोत र नापी कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटेको छ । पालिकाले आइतबार भूमिसम्बन्धी सबै काम पालिका स्तरबाट नै गर्ने गरी सेवा प्रारम्भ गरेको हो ।

स्थानीय तहमै मालपोत र नापीसम्बन्धी सेवा विस्तार भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने र स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सेवा प्रवाह थप गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

केन्द्र सरकारले देशभरका स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारी र कार्यालयको प्रबन्ध गरी नापी र मालपोतको काम स्थानीय तहबाट सञ्चालन गर्न आग्रह गरेको थियो । स्थानीय तहबाट नै यो सेवा प्रवाह भएपछि जग्गासम्बन्धी कामका लागि दुर्गम बस्तीबाट सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->