शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

नेपालमा १६८ प्रजातिका लामखुट्टे, जलवायु परिवर्तनसँगै बढ्यो लामखुट्टेबाट हुने रोगको जोखिम

नेपालमा १६८ प्रजातिका लामखुट्टे, जलवायु परिवर्तनसँगै बढ्यो लामखुट्टेबाट हुने रोगको जोखिम


  • ढाेरपाटन संवाददाता
  • भाद्र ४ २०८३, बिहिबार

पोखरा/  ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस नेपालमा विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ ।

लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेंगी, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्छन् ।

नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए ।

पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम उच्च हुँदै गएको छ । विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ ।

कीट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->