बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

९ सय ८७ जनाको शव फेला, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

९ सय ८७ जनाको शव फेला, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन


  • ढाेरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार

काठमाडौं/भदौ १० मा भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परेर अहिलेसम्म ९ सय ८७ जनाको शव फेला परेको छ । रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ७०, चितवनमा ३ सय२१ जनाको शव फेला परेका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन् । नेपाल प्रहरी २५ जना, नेपाली सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागन कार्यालयका ३ जना, रसुवामा करिब ८ सय ६५ जना सम्पर्कविहीन छन् ।

त्यस्तै नुवाकोटमा १ हजार ५ सय ५८ जना, जलविद्युत् आयोजनाबाट ६ सय ३९ जना, सम्पर्कविहीन विदेशी नागरिक ५ सय ८३ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १ सय ६४ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना, क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन छन् ।

बाढीमा परेर २ सय ७९ जना घाइते छन् । सरकारले हालसम्म ११ हजार ८ सय १४ जनाको उद्धार गरेको जनाएको छ । २१ हजारभन्दा बढी सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । राहत सामग्री वितरण भइरहेको छ भने शव व्यवस्थापन कार्य पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->