बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

१ हजार ६८ शव फेला, ४ हजार ६ सय ६ सम्पर्कविहीन

१ हजार ६८ शव फेला, ४ हजार ६ सय ६ सम्पर्कविहीन


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

काठमाडौँ/भोटेकोशी नदीमा आएको बाढीमा पेर मृत्यु भएकामध्ये १ हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ६ सय ६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आजसम्म फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २ सय ३२ महिला, ३ सय ७१ पुरुष र ४ सय जना आंशिक अङ्गसहितका रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ४ सय ५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा दुई हजार ४ सय ६६, धादिङमा २ सय ६०, रसुवामा ३ सय ९८ र काठमाडौँमा ३ सय २९ जना होल्डिङ सेन्टरमा छन् ।

बाढीपछि उद्धार गरिएकामध्ये तीन हजार २ सय १४ पुरुष, एक हजार ५ सय ३० महिला र पहिचान नखुलेका १४ जना रहेका छन् । प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापनसमेत भइरहेको छ । हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ ।

सम्पर्कविहीनको विवरणमा दुई हजार ३ सय १५ स्वदेशी पुरुष, ३ सय ६८ स्वदेशी महिला, २ सय ५१ विदेशी पुरुष, ३ सय ३० विदेशी महिला, अन्य दुई तथा फोनबाट टिपाइएका एक हजार ३ सय ४० गरी चार हजार ६ सय ६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->