सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

बाढी पीडितलाई स्वास्थ्य स्वयंसेविकाको १ लाख सहयोग

बाढी पीडितलाई स्वास्थ्य स्वयंसेविकाको १ लाख सहयोग


  • ढाेरपाटन संवाददाता
  • भाद्र १७ २०८३, बुधबार

बागलुङ/बडिगाड गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुले रसुवाको भोटेकोशी बाढी पीडितको उद्वार र राहतका लागि १ लाख बढी सहयोग गरेका छन् ।

बडिगाडका १ सय ३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले बाढी पीडितका लागि राहतस्वरुप १ लाख १ सय ११ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

‘‘डाक्टरविहिन दुर्गम गाउँमा बसेर खासगरी महिला तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आउनुभएका स्वास्थ्य स्वयंसेविकाहरुले देशले भोगिरहेको विपत्तिमा साथ दिएर मानवीय सद्भाव कायम गर्नुभएको छ’’ अध्यक्ष थापाले भनिन् ।

नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड मानिने महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफूले काम गरिरहेको समुदाय र देशकै स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->