बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकामा आर्थिक वर्ष २०८२।०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ ।
वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको कार्यक्रममा उत्कृष्ट संस्थालाई सम्मान समेत गरिएको छ ।
संस्थाहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा रणसिंहकिटेनी स्वास्थ्य चौकी प्रथम हुन सफल भएको छ । त्यसैगरी बडिगाड आधारभूत अस्पताल द्वितीय र सिसाखानी स्वास्थ्य चौकी तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।
उत्कृष्ट स्थान हासिल गर्ने संस्थाहरूलाई बधाई दिँदै गाउँपालिका उपाध्यक्ष भिमसेन वनले भौगोलिक विकटता र सीमित स्रोतसाधनका बीच पनि दुर्गम बस्तीहरूदेखि गाउँका कुनाकाप्चासम्म नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर अहोरात्र खटिने स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको बताए ।
समीक्षा बैठकपछि स्वास्थ्कर्मीहरुले आगामी दिनमा अझ उत्कृष्ट, गुणस्तरीय, प्रभावकारी र जनमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।





