सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

दिवंगतलाई श्रद्धाञ्जली, पीडितलाई २ लाख २२ हजार राहत

दिवंगतलाई श्रद्धाञ्जली, पीडितलाई २ लाख २२ हजार राहत


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा/  गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बाढी आएको १३ औं दिन सोमबार साँझ युआरएलको मुख्य कार्यालय न्युरोड पोखरामा मैनबत्ती प्रज्वलन गरी शोक व्यक्त गरिएको हो ।

युआरएलले पीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २ लाख २२ हजार २ सय २२ रुपैयाँ जम्मा गरेको छ । युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले अकस्मात आइपरेको विपदका बेला ऐक्यबद्धता प्रकट गरिएको जनाए ।

‘महाविपद्मा ज्यान गुमाउनेहरूको खोजी चाँडै सकियोस्,’ कोइरालाले भने, ‘यो विपद्का बेला राहत, उद्धार र पुनस्र्थापनाको यात्रामा सानो सहयोग गर्ने जमर्काे गरेका छौँ ।’ युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको युआरएल विपत्तिमा पनि सर्वसाधारणको साथमै रहेको उल्लेख गरे ।

यसैबीच, युआरएल र लुम्बिनी विकास बैंक लिमिटेडबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअन्तर्गत लुम्बिनीका खातावाला, डेबिट/क्रेडिट कार्डधारक, कर्मचारी एवं कर्मचारीका परिवारजनले प्रयोगशाला सेवामा विशेष छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->