नवलपुर / पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा दुईवटा बस एकापसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु२ ख ६४५७ नम्बरको बसलाई नारायणघाटबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा कालिकोटको तिलागुफा–३ का ३६ वर्षीय धनमान हमाल, गैँडाकोट–५ की ६० वर्षीया लिला थापा, गैँडाकोट–६ की ४३ वर्षीया मिरा आचार्य, बाराको कलैया–९ का ६० वर्षीय मोहन भैया साह, चितवनको भरतपुर–२ की ३१ वर्षीया निशा तिवारी र उनका आठ वर्षीय छोरा ऐट्रेन भट्ट घाइते भएका छन् ।
दाङको सरला नगरपालिका–१६ का ५५ वर्षीय निमलाल खड्का र उनकी ५५ वर्षीया श्रीमती अमृता खड्का, रुपन्देहीको मायादेवी–६ का ५७ वर्षीय मनोज गुरुङ र उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैँडाकोट–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट, गैँडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैँडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखा गाउँपालिकाका ३५ वर्षीय शंकर बयलकोटी, गैँडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली र उनकी ११ वर्षीया छोरी जस्विन ज्ञवाली, भरतपुर–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङ तथा चितवनको रत्ननगर–२ की १० वर्षीया दिभा रानाभाट घाइते भएका हुन् ।
घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै बस र लु।२ ख ६४५७ नम्बरको बसका चालक नवलपुरको बौदीकाली गाउँपालिका–६ का ४२ वर्षीय लोकबहादुर थापामगरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।





