स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा ५ लाख ४४ हजार बढी मन्त्रको लक्षजप र हवन गरिएको हो ।
नवग्रहमा गरिएको क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प( महाअनुष्ठान) मा नौ वटै ग्रहका लागि लक्षजप र अवन गरिएको हो ।हवन कुण्डमानौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह र विशेष जडीबुटीयुक्त नवधान्य र द्रव्यको आहुति दिइएको हो ।
नवग्रहका साथै तिनका शासक अधिदेवता र प्रत्यधिदेवता जस्तै सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुको समेत विशेष तर्पण गरिएको हो ।नवग्रह धाममा भोटेकोशी बाढीमा परेका नागरिकको लागि क्षमा पूजा र मानव जीवनका सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि ऐतिहासिक महाअनुष्ठान गरिएको हो ।
यो नवग्रह महायज्ञ साधारण पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’ मा हजारौँ वर्षअघि महर्षिहरूले गुप्त राखेको दुर्लभ महासाम्राज्य विधान अनुसार गरिएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । नवग्रहमा भोटेकोशी बाढीमा परेका नागरिकको लागि क्षमा पुजा र मानव जीवनका सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि ऐतिहासिक महाअनुष्ठान गरिएको हो ।
अनुष्ठानमा अघोर पूजा र तान्त्रिक विधि अनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्विक बलि दिइएको थियो । ३ दिनसम्म चलेको महाअनुष्ठानमा २५ भक्त्तजनले मन्दिरमा पूजा आराधाना गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताए ।




