आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

भोटेकोशी बाढीपीडितलाई बहाँटारी समाजको १ लाख

भोटेकोशी बाढीपीडितलाई बहाँटारी समाजको १ लाख


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८३, शनिबार

पोखरा/भोटेकोशी बाढीपीडितलाई सघाउन एक लाख तीन हजार ६५ रुपैयाँ प्रदान गरिएको छ । स्याङ्जाको फेदीखोला–२, बहाँटारीका गाउँ विपद व्यवस्थापन तथा सामाजिक सहायता समिति, बहाँटारी आमा समूह र बहाँटारी समाजले राहत रकम संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

बाढीबाट भएको अकल्पनीय जन धनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । गाउँ विपद व्यवस्थापन तथा सामाजिक सहायता समिति अध्यक्ष ताराबहादुर खत्रीले देशमा विपद आएका बेला मानवीय दायित्व निर्वाह गर्दै सहयोग गरिएको जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->