आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

स्रोत कक्षा र बालगृहमा शैक्षिक र खेलकुद सामग्री वितरण

स्रोत कक्षा र बालगृहमा शैक्षिक र खेलकुद सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८३, शनिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.2.11.0.W20; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;

म्याग्दी/संविधान दिवस तथा राष्ट्रिय दिवस म्याग्दीमा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्रोत कक्षा र बालगृहका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ भने साँझ बेनी बजारमा दीप प्रज्ज्वलन गरिएको छ ।

संविधान दिवसको मूल समारोह समितिले शनिबार बेनी बजारको वीरेन्द्रचोकमा कोणसभा आयोजना ग¥यो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख तथा मूल समारोह समितिका संयोजक डिलकुमारी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेलले संविधान निर्माणका लागि भएको संघर्ष तथा संविधानसभाको माग गर्ने क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानको स्मरण गरे । उनले लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै यसको मर्म र भावना कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कोणसभापछि मूल समारोह समितिले जिल्लाका विभिन्न स्थानमा रहेका स्रोत कक्षा तथा बालगृहमा पुगेर शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । बेनी–४, सिंगा स्थित धवलागिरि माध्यमिक विद्यालयको बहिरा स्रोत कक्षा, बेनी–५, चुत्रेनी स्थित बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपांगता स्रोत कक्षा र बेनी–७ मा रहेको बालगृहका बालबालिकालाई सामग्री प्रदान गरिएको हो ।

रघुगंगा गाउँपालिका–३, मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा रहेको दृष्टिविहीन स्रोत कक्षालाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खत्रीले बताइन् । म्याग्दी उद्योग वाणिज्य संघ र गैरसरकारी संस्था महासंघ म्याग्दीले शैक्षिक तथा खेलकुद सामग्री व्यवस्थापन गरेका हुन् । बालगृहमा वितरण गरिएको सामग्री भने जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->