सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

बागलुङ साइक्लिङ संघको अध्यक्षमा के.बी. शाही चयन

बागलुङ साइक्लिङ संघको अध्यक्षमा के.बी. शाही चयन


  • ढाेरपाटन संवाददाता
  • असोज ४ २०८३, आइतबार

बागलुङ/बागलुङ जिल्ला साइक्लिङ संघको अध्यक्षमा के.बी. शाही चयन भएका छन् ।

संघको अध्यक्षमा के.बी. शाही चयन भएका छन् । संघको उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा सुभाष खड्का र कोषाध्यक्षमा बर्नाबास चयन भएका छन् । समितिको सदस्यहरूमा निर्मल जिसी, जोहन राजभण्डारी र सुलभ श्रीष रहेका छन् । निशान खड्का र राजेश बास्कोटालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

संघको बैठकले अध्यक्ष शाहीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको हो । प्रदेशस्तरमा जिल्लाको प्रतिनिधित्व गर्दै साइक्लिङ खेलको विकास र प्रवद्र्धनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी शाहीलाई दिइएको छ ।

साइक्लिङ खेलाडीको सहभागिता बढाउने योजना, जिल्लामा साइक्लिङ खेलको विकास तथा विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, प्रशिक्षण, प्रतियोगिता, खेलकुद जनचेतना तथा खेलाडीहरूको सहभागिता बढाउने, स्थानीय तह, प्रदेश, संघ तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै साइक्लिङ खेललाई संस्थागत रूपमा अगाडि बढाउने र विभिन्न खेलकुदका गतिविधि सञ्चालन गर्ने संघले योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->