म्याग्दी/बाढी र पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वरमा ३ घरमा क्षति पु¥याएको छ । गलेश्वरका २१ घरधुरी पहिरोको जोखिममा परेका छन् ।
बेनी–जोमसोम सडक किनारमा रहेको बस्तीमाथिबाट खसेको पहिरो र बाढीले घर तथा संरचनामा क्षति पु¥याएको स्थानीयबासी धनीलाल गर्बुजाले जानकारी दिए ।
‘सडकबाटै बगेको बाढीले गलेश्वर क्षेत्रका बस्ती तथा संरचनामा क्षति पु¥याएको छ’ गर्बुजाले भने । बाढीले स्थानीय फामाया फगामीको घर, परिचय रेष्टुरेन्ट एन्ड मुस्ताङ थकाली भान्सा घर तथा आषिस होटल एन्ड रेष्टुरेन्टमा क्षति पु¥याएको छ ।
बाढी प्रभावितलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए ।




