पोखरा / कार्यकारी परिषद्को निर्णयबमोजिम पोखरा विश्वविद्यालयमा रिक्त रहेका चार वटा संकायका डिन नियुक्त गरिएको छ । पोखरा विश्वविद्यालय परिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिन नियुक्त गरिएको हो ।
स्कुल अफ इन्जिनियरिङका प्राडा विनयकुमार मिश्रलाई विज्ञान तथा प्रविधि संकाय, स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका सह–प्राडा डमरूप्रसाद पनेरूलाई स्वास्थ्य विज्ञान संकाय, स्कुल अफ बिजनेशका सह–प्राडा भरतराम ढुंगानालाई व्यवस्थापन संकाय तथास्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका सह–प्राडा ऋषिकेश पाण्डेलाई मानविकी तथा सामाजिक शास्त्र संकायको डिन नियुक्त गरिएको हो।
नवनियुक्त डिनहरूलाई उपकुलपति कार्यालयमा आयोजित विशेष समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा देवेन्द्र अधिकारीले पद तथा गोपनीयताको शपथ गराए । उपकुलपति प्राडा अधिकारीले नवनियुक्त डिनहरूलाई पूर्व डिनहरूले अघि बढाएका कार्यको निरन्तरता कायम गर्दै नयाँ योजना, रणनीति तथा कार्ययोजनाका माध्यमबाट विश्वविद्यालयलाई थप उचाइमा पु¥याउन आग्रह गरे ।
उपकुलपति अधिकारीले डिन नियुक्तिका क्रममा कार्यकारी परिषद्बाट प्राप्त अधिकारअनुसार आवेदन, कोडिङ तथा मूल्यांकनको प्रक्रियाबाट उम्मेदवार छनोट गरिएको जानकारी दिए । आवेदन दिएका सबै उम्मेदवार योग्य भए पनि सीमित पदका कारण एक÷एक जनामात्र छनोट गर्नुपर्ने अवस्था रहेको उनले सुाए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्राडा निर्मला जमरकट्टेलले विश्वविद्यालय परिसरमै विज्ञहरूको सहयोगमा उम्मेदवारको मूल्यांकन गरी डिन छनोट गरिएको बताइन् ।





