शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

सुरु भयो थाक खेलकुद

सुरु भयो थाक खेलकुद


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

जोमसोम /  मुस्ताङको थासाङ गाउँपालिका—३, लेते कालोपानीमा शुक्रबारदेखि ५२ आंै संस्करणको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा शुक्रबार बिहान लेते बजारमा प्रभातफेरी गरी कार्यक्रम थालिएको हो ।

८ युवा क्लब सहभागी हुँदै आएकोमा यसपालि ६ क्लबले मात्रै सहभागिता जनाएका छन् । छत्रबहादुर थकाली संस्थापक रहेको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको नेतृत्व गर्दै विकास संघको जिम्मेवारी एक दर्जन बढीले सम्हालिसकेका छन् ।
युवालाई खेलकुदप्रति अभिप्रेरित गर्दै धर्म, संस्कृति संम्वद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । कार्यक्रम पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, पूर्व प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन लगायतले बोलेका थिए ।
समारोहमा थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई अघि बढाउन योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । थासाङ—५, कुञ्जोकी शारदा गौचन, थासाङ—२ का गिरिसिंह शेरचन र थासाङ—१, टुकुचेका पवन तुलाचनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा थाक खेलकुद तथा सांस्कृतिक विकास संघका संस्थापक सदस्य एवं तेह्र गाउँका मिरमुखिया ज्वाहर भट्टचनलाई मरणोमरान्त सम्मान गरिएको छ । कार्यक्रम तीन दिनसम्म कार्यक्रम सञ्चालन हुनेछ ।

समारोहमा भलिबल, आर्चरी र सादा धनुषवाण प्रतियोगिता हुने संघ अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए । संघले थकाली गीत तथा नृत्य प्रतियोगिता पनि आयोजना गर्ने अध्यक्ष शेरचनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारले सांगीतिक कार्यक्रम पनि हुनेछ । पछिल्लो समय युवाको वैदेशिक पलायन, आर्थिक व्यवस्थापन लगायतका कारणले प्रतियोगिता धान्न समस्या हुन थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->