बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

दरौंदी खोचबाट उद्धार

दरौंदी खोचबाट उद्धार


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

गोरखा/ गोरखाको दरौंदी नदीको खोँचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नं. २९ गुल्म हेक्वा, गोरखाबाट खटिएको टोलीले गोरखा नगरपालिका–१०, छेबेटारस्थित दरौँदी नदीको खोँचमा फस्नुभएका सोनम गुरुङको शुक्रबार उद्धार गरेको हो ।

मानसिक अवस्था असामान्य भएका पालुङटार नगरपालिका १, खोप्लाङ, कोसगाडे बस्ने अन्दाजी ३० वर्षीय गुरुङ बिहानदेखि खोँचमा फसेका थिए । उनलाई दिउँसो १.१० बजे उद्धार गरी अस्थायी प्रहरी पोष्ट, छेबेटारमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->