सोमबार, असोज १९ २०८३

सोमबार, असोज १९ २०८३
  • १९ असोज २०८३ , सोमबार
  • October 5 2026

कांग्रेस महाधिवेशनः पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

कांग्रेस महाधिवेशनः पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा


  • ढाेरपाटन संवाददाता
  • असोज ११ २०८३, आइतबार

पाेखरा /  सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का महासचिव ई. सुदर्शन शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षा सार्वजनिक गरेका छन्। ‎ ‎आफ्नो जन्मस्थान आँधीखोला–६ बाट सन्देश जारी गर्दै शर्माले महाधिवेशन प्रक्रिया सुरु भएसँगै आफू जिल्ला फर्किएको उल्लेख गरेका छन्।

उनले स्याङ्जा कांग्रेसका नेता, कार्यकर्ता, साथीभाइ तथा शुभेच्छुकसँग साथ र सद्भावको अपेक्षा गरेका छन्। ‎ ‎शर्माले आफ्नो राजनीतिक, सामाजिक तथा पेशागत यात्राका विभिन्न पक्षसमेत सन्देशमा उल्लेख गरेका छन्। आफूले लामो समयदेखि कांग्रेस, समाज र पेशागत क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ। ‎

पेशागत मुद्दामा संस्थागत सक्रियता ‎सिडेनको महासचिवका रूपमा शर्मा इन्जिनियर समुदायका पेशागत विषयमा सक्रिय रहँदै आएका छन्। उनले इन्जिनियरहरूको पेशागत हकहित, न्यूनतम पारिश्रमिक, रोजगारी र पेशागत मर्यादाका विषयमा संस्थागत पहल गर्दै आएको बताएका छन्। ‎ ‎नेपाल इन्जिनियर्स एसोसिएसनको सदस्यता विस्तार तथा इन्जिनियर समुदायका साझा विषय सम्बन्धित निकायसम्म पुर्‍याउने काममा समेत आफ्नो भूमिका रहेको शर्माले उल्लेख गरेका छन्। ‎

‎विपद प्रभावित क्षेत्रमा पुगेको दाबी ‎शर्माले पछिल्लो समय विपद् प्रभावित क्षेत्रमा गरेको कामलाई पनि आफ्नो सन्देशमा समेटेका छन्। रसुवामा बाढीपछि सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा पुगेर सेवा तथा सहयोगमा जुटेको उनले बताएका छन्। ‎ ‎प्रभावित नागरिकसम्म पुग्न आठदेखि दस घण्टासम्म पैदल यात्रा गरेको उनको भनाइ छ।

विपद्का बेला प्रभावित समुदायसम्म पुग्नु सामाजिक दायित्व भएको उनले बताएका छन्। ‎ ‎क्षेत्रीय प्रतिनिधिको अनुभव स्मरण ‎शर्माले यसअघि आँधीखोला–६ बाट क्षेत्रीय प्रतिनिधि बन्न प्राप्त सहयोग र सद्भावलाई समेत स्मरण गरेका छन्। उक्त सहयोगले आफूलाई दिएको आत्मीयता महत्वपूर्ण रहेको उनले बताएका छन्। ‎ ‎यसपटक स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने इच्छा राख्दै उनले आफूलाई चिन्ने र बुझ्ने नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट सहयोगको अपेक्षा गरेका छन्। ‎ ‎आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा व्यक्तिगत उपलब्धिभन्दा सामूहिक सरोकारलाई प्राथमिकता दिएको शर्माको भनाइ छ।

‎“म स्वयं मेरा बारे कम सोच्ने र सामूहिक हितबारे ज्यादा चिन्तन गर्ने स्वभावको भएकाले मैले स्वयंसमेत आफूबारे लामो व्याख्या गर्न नसकुँला,” उनले सन्देशमा भनेका छन्। ‎ ‎महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने आकांक्षा सार्वजनिक गर्दै शर्माले आगामी दिनमा थप प्रयास र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।“थप कोसिस र दायित्वबाट चुक्ने छैन,” उनले भनेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->