बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

आम नारीको बिम्ब

आम नारीको बिम्ब

मनस्थिति दह्रो बनाएर अगाडि बढिरहेकी गोमा आम नेपाली समाजमा एउटी त्यस्तो प्रतिनिधि पात्र हुन्; जसले जीवनमा कहिल्यै हार खाइनन्


  • हसिना बस्नेत
  • असोज ११ २०८३, आइतबार

गोमा पराजुलीद्वारा लिखित आत्म संस्मरणात्मक पुस्तक ‘भीरको बाटो’ पढिरहँदा मेरी बुढी फुपूले दोहो¥याइरहने एउटा वाक्य घरीघरी सम्झिरहे–नानी, आफ्नो त दैलो फेरियो, भाग्य फेरिएन बाबै !

उति बेलाको आर्थिक, सामाजिक अवस्था, समाज, संस्कृति, परिस्थितका कारण हाम्रा फुपूहरू भाग्यमा विश्वास गर्न विवश थिए । भाग्य हुन्छ÷हुँदैन; भाग्यका कुरा म जान्दिनँ । तर बाल विवाहको चपेटामा परेर सानैमा घर पठाइएकी गोमाले छोरी, श्रीमती, बुहारी, आमा र सासूआमाको चरित्र या व्यत्तित्वका रुपमा आई पुग्दासम्म गरेको कठोर संघर्षको अवतरण हो ‘भीरको बाटो ।’

म नेपाली समाज यद्यपि भाग्यवादमा विश्वास गरिरहन्छ, छोरीलाई ‘भाग्य खाने जात’को बिल्ला भिराइ रहन्छ । नेपाली छोरीहरुले के अझै पनि भाग्यकै सीमावरपर रहेर जीवन बाँचिरहनु पर्ने हो ? भावीले छैठीमा लेखिदिने भाग्यमा पनि छोरा र छोरीमा विभेद हुन्छ र ?

भीरको बाटो पढिँरहदा विविध प्रश्नले घच्घच्याई रहे । श्रम आश्रित जीवन, चरम गरिबी, सामाजिक आर्थिक कठिनाईका बाबजुद बाल्य कालमा विद्यालयको मुख देख्न नपाएकी गोमा ५३ वर्षको उमेरमा १ कक्षामा भर्ना भएर विद्यालय जानु आफैंमा क्रान्तिकारी कदम थियो ।

डोरबहादुर बिष्टले उहिल्यै लेखिसकेको पुस्तक ‘भाग्यवाद र विकास’मा भने जस्तै अझै पनि धेरै गरिब नेपाली आफ्नो निराशा, असफलता तथा दुःख। दर्दमा धारे हातलाई खुकुरी जस्तै निधारमा हिर्काएर सराप्दै ‘लेखेकोमात्र पाइन्छ, देखेको पाइँदैन’ भनी विश्वास गर्दै बस्ने हो कि, आफ्नो भाग्य आफैंले बदल्ने हो ?

भीरको बाटो पढिँरहदा विविध प्रश्नले घच्घच्याई रहे । श्रम आश्रित जीवन, चरम गरिबी, सामाजिक आर्थिक कठिनाईका बाबजुद बाल्य कालमा विद्यालयको मुख देख्न नपाएकी गोमा ५३ वर्षको उमेरमा १ कक्षामा भर्ना भएर विद्यालय जानु आफैंमा क्रान्तिकारी कदम थियो । परिस्थिति जस्तोसुकै आइपरोस्; मनस्थिति दह्रो बनाएर अगाडि बढिरहेकी गोमा आम नेपाली समाजमा एउटी त्यस्तो प्रतिनिधि पात्र हुन्; जसले जीवनमा कहिल्यै हार खाइनन् ।

उनको जीवन नेपाली समाजको आम नारीको बिम्ब हो । तापनि उनका दुःखका फेहरिस्तहरू, पितृसत्ता विरुद्धको लडाइँ, पढ्ने हुटहुटी, परिवार भित्रको संघर्ष, अभावबाट सम्पन्नता तर्फको जीवन यात्रा निकै सकारात्मक र प्रेरणादायी छ । कहिले चिया पसल, त कहिले कस्मेटिक पसल खोलेर आर्थिक उपार्जन गर्दै सन्तानलाई आत्मनिर्भरताको बाटोमा उभ्याईसकेकी गोमा संघर्षकी प्रतिमूर्ति हुन् ।

परिस्थिति जस्तोसुकै आइपरोस्; मनस्थिति दह्रो बनाएर अगाडि बढिरहेकी गोमा आम नेपाली समाजमा एउटी त्यस्तो प्रतिनिधि पात्र हुन्; जसले जीवनमा कहिल्यै हार खाइनन् ।

आफूले बाँचेको जीवन कालमा सधैभरी आगोको लप्कामाथि पाइला चाल्दै आत्मविश्वास र हिम्मतका साथ ऊनी अगाडि बढिरहिन् । उनको सारा जीवन आफ्नै आमाबाबु, श्रीमान्, सासूससुरा तथा सन्तानहरुले दिएको अपमान, लाञ्छना र हेला, होचोबाट उठेको संघर्षबाट प्राप्त ज्ञानको यात्रा हो ।

पुस्तक पढदै गर्दा कतिपय ठाउँमा मन भक्कानिन्छ; आँखा चिसा हुन्छन् । यावत पीडाहरू झेल्दै सारा जीवन परिवारका निम्ति गुजारेकी गोमाको अबको बाँकी जीवन ‘आफ्ना लागि बाँच्छु’ भन्ने अठोट र साहस हो । आफ्नै छोराहरूसँग समेत अंश मुद्दा लड्नु पर्दा एउटी आमालाई आफ्नै सन्तानले दिएको घाउँ कति असहय हुन्छ ? कल्पना गर्न पनि कठिन हुन्छ ।

पोखराका साहित्यिक कार्यक्रममा फाट्टफुट्ट भेट भइरहने गोमा हाल घरमै स्वअध्ययन गरिरहेकी छन् । उनको आत्म संस्मरणमा यथेष्ट इमान्दारी झल्कन्छ । पुस्तकमा भाषा लगायत अन्य कमजोरी नरहेका होइनन्, तापनि आत्मसंस्मरण पठनीय छ । हरेक नेपाली नारी गोमाले जस्तै भाग्यमा होइन्, कर्ममा विश्वास गर्न सकून् । उनले लेख्दै गरेको आगामी उपन्यास छिट्टै पढ्न पाइयोस् । सतत्–सतत् शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->