मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

अस्पताल फार्मेसीको भूमिकाबारे छलफल

अस्पताल फार्मेसीको भूमिकाबारे छलफल


  • ढाेरपाटन संवाददाता
  • असोज १२ २०८३, सोमबार

पोखरा / विश्व फार्मासिस्ट दिवसको अवसरमा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भएको छ ।

दिवसको अवसर पा।प् नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी विभिन्न अस्पतालका फार्मेसी इन्चार्जले बाढी–पहिरो लगायत विपद्का समयमा औषधी व्यवस्थापन, आकस्मिक औषधीको मौज्दात, जनशक्ति तथा तालिम, आपूर्ति व्यवस्थापन र अस्पताल फार्मेसीका चुनौती तथा अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका निमित्त डिन डा गुलाम महोबत खानले फार्मेसी शिक्षालाई व्यवहारमुखी बनाउँदै आपत्कालीन तथा विपद् व्यवस्थापनसम्बन्धी अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । गण्डकी विश्वविद्यालयका रजिस्ट्रार डा ढाकाराम भण्डारीले आपत्कालीन तथा विपद् व्यवस्थापनका लागि फार्मेसी शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास र प्रत्यक्ष अनुभवसमेत समेटिएको पाठ्यक्रम आवश्यक रहेको बताए

निभिक्स फार्मास्युटिकलका प्रबन्ध निर्देशक ईन्द्र बानियाँले आपत्कालीन तथा विपद्का अवस्थामा औषधी तथा स्वास्थ्य सामग्रीको निरन्तर आपूर्ति सुनिश्चित गर्न औषधि उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

एनपिए गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा कार्यरत फार्मासिस्टहरूसँग नजिकबाट सहकार्य गर्दै तालिम, कार्यशाला तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत फार्मास्युटिकल सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए । विभिन्न अस्पतालमा कार्यरत फार्मासिस्टबीच सम्बन्ध र सहकार्य विस्तार गरी अनुभव आदानप्रदानका लागि सञ्जाल निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा एनपिए गण्डकी उपाध्यक्ष नवराज बास्तोला र सदस्य अमृता अधिकारीले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->