बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

चालेन्द्र परिवारको जिम्मामा

चालेन्द्र परिवारको जिम्मामा


  • ढाेरपाटन संवाददाता
  • असोज १२ २०८३, सोमबार

काठमाडौं / पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई आइतबार दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताएका थिए । ‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।

शनिबार राति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो । उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो ।

सरकारले जबरालाई पक्राउ गर्नुपर्नाका कारण खुलाएको छैन । एसएसपी खड्काले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->