शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा एचपीभी खोप कार्यक्रम सुरु

मुस्ताङ/हिमालपारीको यस जिल्लाका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु गरिएको छ । पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत...

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिकामा निर्माणाधीन औलेते–धम्पु) प्रिस्टेज पुल निर्माणमा ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने उक्त मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण...

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ / हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत तथा चरिचरन उपभोगसम्बन्धी विवाद समाधान भएको छ । छुसाङ र तेताङ गाउँबीच स्हुक्चेङिन वन क्षेत्रको सीमा, चरिचरन र वन पैदावरलगायतको प्राकृतिक स्रोतसाधन...

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ / यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा । अहिले यस गुफाको...

कर्णालीको स्याउ तथा ओखर प्रविधि तालिम मुस्ताङमा

मुस्ताङ/ हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा स्याउ तथा ओखर खेती प्रविधि सम्बन्धी अधिकृतस्तरको छ दिने तालिम शुरु भएको छ । कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतको चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रमको तेश्रो त्रैमासिक...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ/  उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी–जोमसोम) ७४ किलोमिटर...

मुस्ताङमा ८ मध्ये ५ उम्मेदवारको जमानत जफत

मुस्ताङ/ मुस्ताङमा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले बिजयी हासिल गरेका छन् । उनको जितसँगै मुस्ताङमा प्रतिस्पर्धा गरेका ८ मध्ये ५ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ। अन्तिम मतपरिणाम अनुसार कांग्रेसका...

गण्डकीमा काँग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन बिजयी

पोखरा / प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको जित निश्चित भएको छ । त्यहाँ ३३०७ मतसहित कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित पक्का भएको हो ।त्यहाँ मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको...

मुस्ताङमा ५६ प्रतिशत मत खस्यो

तस्बिर : हरिकृष्ण गौतम पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङमा कुल ५६ दशमलब ४५ प्रतिशत मत खसेको छ । ११ हजर ३ सय २८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३ सय ९७ मत खसेको हो । ३...

पैसा बाँड्न हिंडेको भन्दै कांग्रेस नेताको गाडी नियन्त्रणमा

म्याग्दी/चुनावलाई प्रभावित पार्नको लागि पैसा बाँड्न हिंडेको आरोपमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ...

-->