शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आफूखुसी व्याज बढाउने बैंकलाई सरकारको नियमन-प्रधानमन्त्री

आफूखुसी व्याज बढाउने बैंकलाई सरकारको नियमन-प्रधानमन्त्री

बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन


  • Dhorpatan News
  • फाल्गुन ४ २०७५, शनिबार

काठमाडौँ, ४ फागुन – प्रधानमन्त्री केपी ओलीले बैंकहरुले आफूखुसी व्याज बढाउने गरेकोमा असन्तुष्टि जनाउँदै त्यसलाई सरकारले नियमन गर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई शनिबार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा सर्तमा ऋण दिएर आफूखुसी ब्याच बढाउने कार्य उपयुक्त नभएको बताए । ‘बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफूखुसी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सरकारले नियमन गर्छ।’ प्रधानमन्त्री ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशनसमेत दिए। ओलीले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरे। ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस’ प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबभन्दा कम ब्याज उठाउनुहोस्। बिलासिताका वस्तुमा लगानी कम गर्नुहोस्। ब्याज बढी गर्नुहोस्।’

महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो। प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने, खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका उनको सचिवालयले जनाएको छ। सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। प्रधानमन्त्रीसँगको छलफल क्रममा अर्थमन्त्री युवराज खतिवडा, गभर्नर चीरञ्जीवी नेपाल, उद्योग वाणिज्य महास‌ंघका प्रतिनिधिहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->