शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कहिले हुन्छ प्रदेश र स्थानीय तहको उपनिर्वाचन ?

कहिले हुन्छ प्रदेश र स्थानीय तहको उपनिर्वाचन ?

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओली भेट, उपनिर्वाचन गराउन प्रधानमन्त्री सकारात्मक ।


  • Dhorpatan News
  • फाल्गुन ५ २०७५, आइतबार

पोखरा, ५ फागुन – प्रदेश सभा सदस्यद्वय टेकबहादुर घर्ती र हरिशरण लामिछानेको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् । प्रदेश ३ का भक्तपुरका लामिछाने र गण्डकी प्रदेशअन्तर्गत वाग्लुङ जिल्लाका घर्तीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उनीहरू दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थिए ।
त्यसैगरी, स्थानीय तहमा निर्वाचनमा कतिपय पदमा उम्मेदवारी नै नपरेका, निर्वाचित भएर पनि निधन भएका र अन्य विविध कारणले रिक्त भएका विभिन्न स्थानमा गरी स्थानीय तहमा कुल ९४५ पद रिक्त छन् । वडा सदस्यमा निर्वाचित सदस्यमध्ये कतिपय जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि ती पद स्वतः रिक्त भएका थिए ।
त्यसमा सुनसरीको धरान उपमहानगरका मेयर तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ र सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको निधन भएपछि त्यहाँ कार्यकारी प्रमुख पद रिक्त छ । यसैगरी, ७७ जिल्ला गरी ३६ वडा अध्यक्षको पद रिक्त छन् । कार्यकारी प्रमुख नहुँदा त्यहाँका बासिन्दाले सरकारी सेवा सहज तरिकाले पाउन सकेका छैनन् ।
नेपाल सरकारले रिक्त रहेका प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गएको हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा उपनिर्वाचन गराउन प्रधानमन्त्री सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->