शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठमाडौं विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा

काठमाडौं विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा


  • Dhorpatan News
  • फाल्गुन ५ २०७५, आइतबार

काठमाडौं, ५ फागुन – विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ । सन् २०१५ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौं विस्तारै पुरानै अवस्थामा फर्किन थालेको लोन्ली प्लानेटले लेखेको छ ।

यस्तै क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनर्स्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको उल्लेख गरिएको छ । साथै काठमाडौंमा हटेको हर्नको समस्यालाई पनि उसले आकर्षणको रुपमा चित्रित गरेको छ । ध्वनि प्रदुषण रोकेर काठमाडौंलाई दशकौं यताकै बस्न योग्य बनाइएको लोन्ली प्लानेटले उल्लेख गरेको छ । साथै भरपर्दो बिजुली सेवा, वाईफाईको सुविधाले पनि काठमाडौंलाई घुम्न लायक बनाएको उसले भनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->