शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कांग्रेसको विधान बहुमतबाट पारित भएपछि वरिष्ठ नेतासहित संस्थापनइतर समूहका नेताहरूले लेखे फरक मत

कांग्रेसको विधान बहुमतबाट पारित भएपछि वरिष्ठ नेतासहित संस्थापनइतर समूहका नेताहरूले लेखे फरक मत

अब संस्थापनइतर समूहले के गर्ने भन्ने रणनीति तय गर्ने नेता अर्जुनरसिंह केसीले बताए।


  • Dhorpatan News
  • फाल्गुन १२ २०७५, आइतबार

काठमाडौं, १२ फागुन – नेपाली कांग्रेसको नयाँ विधानलाई पार्टी केन्द्रीय समितिले बहुमतबाट पारित गरेसँगै संस्थापनइतर समूहका नेताहरूले फरक मत दर्ज गराएका छन्। पेलेर बहुमतबाट निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले फरक मत लेखेका हुन्। केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने र समानुपातिकमा पटकपटक अवसर पाउने निर्णयको विरोध गर्दै नेताहरूले फकर मत दर्ज गराएका हुन्। फरक मत लेखाउनेमा नेताहरू कृष्णप्रसाद सिटौला, सीतादेवी यादव, अर्जुनरसिंह केसी, बलबहादुर केसी, रामकृष्ण यादव, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेललगायत एक दर्जन बढी रहेका नेता प्रदीप पौडेलले जानकारी दिए। विधानकै विषयलाई लिएर यसरी यति धेरै केन्द्रीय सदस्यले फरक मत दर्ज गराउनु कांग्रेसमा पहिलो घटना हो। अब संस्थापनइतर समूहले के गर्ने भन्ने रणनीति तय गर्ने नेता अर्जुनरसिंह केसीले बताए। ‘अहिले फरक मत राखेका छौँ। अब के गर्ने बसेर छलफल गर्छौँ।’ केन्द्रीय समितिले विधानसँगै सबै दस्तावेज बहुमतबाट पारित गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->