शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे

वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे

अर्को वर्ष रेमिट्यान्स पनि घट्ने


  • Dhorpatan News
  • फाल्गुन १३ २०७५, सोमबार

पोखरा, १३ फागुन – सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ । मेलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या १४ प्रतिशतले घटेको देखिएको हो । यसको असर तत्काल रेमिट्यान्स आप्रवाहमा नदेखिए पनि अर्को वर्ष भने रेमिट्यान्स घट्ने देखिन्छ । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालू आर्थिक वर्षको माघसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या १४ प्रतिशतले घटेको हो । खाडी राष्ट्रमा आएको आर्थिक मन्दी र मलेसिया जान रोक लगाएसँगै चालू आर्थिक वर्षको ७ महिनासम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक्कासी घटेको देखिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->