शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एनसेल बम काण्ड आरोपमा विप्लवका पूर्व बडी गार्ड भुजेल पक्राउ

एनसेल बम काण्ड आरोपमा विप्लवका पूर्व बडी गार्ड भुजेल पक्राउ

भुजेललाई संखमूलस्थित डेरामा छापा मारेर साँझ करिब ५ बजेको समयमा पक्राउ गरिएकाे हाे।


  • Dhorpatan News
  • फाल्गुन १४ २०७५, मंगलबार

पोखरा, १४ फागुन – दुई दिनअघि लालितपुर नख्खुस्थित एनसेल मुख्यालयमा बम प्रहारमा संलग्न नेत्रविक्रम चन्द विप्लवका पूर्व बडी गार्ड सूर्य भुजेल पक्राउ परेका छन्। प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले भुजेललाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो। भुजेललाई संखमूलस्थित डेरामा छापा मारेर साँझ करिब ५ बजेको समयमा पक्राउ गरिएकाे हाे। यद्यपी उनको पार्टी नेकपाले भने कलंकीबाट गिरफ्तार गरिएको दाबी गरेको छ। विप्लवको नेपाल कम्युनिष्ट पार्टीका भ्याली कमाण्ड सदस्य भुजेलकै नेतृत्वमा नख्खुमा बम बिस्फोट भएको प्रहरीले दाबी गरेको छ। उनी सहित आधा दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन्। यद्यपी प्रहरीले भुजेलकाे गिरफ्तारीकाे औपचारिक पुष्टि भने गरेकाे छैन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->