शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दुर्घटनास्थलबाट सवै शव सुकेटार, काठमाडाैं लैजाने तयारी

दुर्घटनास्थलबाट सवै शव सुकेटार, काठमाडाैं लैजाने तयारी


  • Dhorpatan News
  • फाल्गुन १६ २०७५, बिहिबार

ताप्लेजुङ, १६ फागुन – एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाकाे शव सदरमुकाम सुकेटार विमानस्थल ल्याइसकिएकाे छ । निधन भएका सबैकाे शव नेपाली सेनाकाे टाेलीले बिहीबार बिहान यहाँ ल्याइपुर्‍याएकाे हाे । आजै काठमाडाैं लजाने तयारी भएकाे छ । तर माैसम राम्ररी खुलिनसकेकाले केही बेर राेकिराखिएकाे छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो। सातमध्ये चार जनाको शव बुधबार नै सुकेटार विमानस्थल ल्याइएको थियो। नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो । खराब मौसमका कारण अन्य तीनवटा शव सुकेटार विमानस्थलमा ल्याउन सकिएको थिएन। बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमा नै प्रहरी बसेको थियाे ।

पाथिभरा दर्शन गरेर काठमाडौंका लागि उडेको मन्त्री सवार हेलिकप्टर फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भएको हो। क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित सात यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङ पुगेको थियो। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभयालगायत सवार थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->