शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मदन र मनमोहनलाई जलाएको घाटमा नै भरतमोहनको अन्त्येष्टि

मदन र मनमोहनलाई जलाएको घाटमा नै भरतमोहनको अन्त्येष्टि

राजकीय सम्मानका साथ अन्त्येष्टि, दिए तीन छोरीले दागबत्ति


  • Dhorpatan News
  • फाल्गुन १९ २०७५, आइतबार

काठमाडौं, १९ फागुन – उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीलाई आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको हो ।
नेता अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
नेता अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको ह्याम्स अस्पतालमा शनिबार राति ९:३५ मा निधन भएको हो। ‘करेन्ट निमोनिया’ कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->