शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सम्पादक गौतमलाई यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

सम्पादक गौतमलाई यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

मोफसलमा रहेर शान्ति, सुशासन र समृद्धिको दिशामा कलम चलाएको भन्दै गौतमलाई यसवर्षको पुरस्कार प्रदान गरेको हो।


  • Dhorpatan News
  • फाल्गुन २१ २०७५, मंगलबार

काठमाडौं, २१ फागुन ढोरपाटन दैनिक तथा ढोरपाटन न्यूज अनलाइनका सम्पादक हरिनारायण गौतमलाई
यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको छ । यदु स्मृति प्रतिष्ठानले मंगलवार काठमाडांैमा आयोजना गरेको २० औ यदु स्मृति दिवसका अवसरमा सम्पादक गौतमलाई सो पुरस्कार प्रदान गरिएको हो । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नगद पुरस्कार सहित सम्मान पत्र गौतमलाई प्रदान गरे । मोफसलमा रहेर शान्ति, सुशासन र समृद्धिको दिशामा निरन्त्तर कलम चलाएको भन्दै यदु स्मृति प्रतिष्ठानले पत्रकार गौतमलाई यसवर्षको यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कार तथा सम्मान पत्र प्रदान गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले पत्रकारितामार्फत समाज रुपान्तरणको पक्षमा निरन्त्तर कलम चलाएका गौतमले युद्ध पत्रकारिता समेत गरेको स्मरण गर्दै यो सम्मानले मोफसलका पत्रकारमाथि न्याय भएको वताए । अवका पत्रकारिता समृद्धिको दिशामा हुनुपर्ने वताउदै मन्त्री पोखरेलले त्यसका लागि क्रियाशिल रहन सवै पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा पूर्व गृहमन्त्री जनाद्र्धन शर्मा प्रभाकरले द्धन्द्धकालमा गौतमले गरेको पत्रकारिताले युद्धरत दुवै पक्षलाई सचेत बनाएको वताए । कार्यक्रममा यदु गौतमको धर्मपत्नी तथा सांसद तीर्था गौतमले शान्ति र लोकतन्त्रको पक्षमा कलम चलाउने पत्रकारहरुलाई सम्मान गर्दै जाने उदेश्यका साथ यो पुरस्कार स्थापना गरिएको वताईन ।

सम्मानित पत्रकार गौतमले आफुलाई प्राप्त भएको पत्रकारिता पुरस्कारले यही क्षेत्रमा थप क्रियाशिल भइरहन प्रेरणा मिलेको वताए । यदु स्मृति प्रतिष्ठानका अध्यक्ष रिखी प्रसाद जैसीको अध्यक्षतामा समपन्न कार्यक्रममा अग्रज पत्रकार तथा नेकपाका नेता सूर्य थापाले पुरस्कृत ब्यक्तित्व सम्पादक गौतमको जीवनीको वारेमा वताएका थिए । पुरस्कारको राशी नगद रु.१५ हजार र सम्मान पत्र रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->