शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हामीले जनमतको मेलो पाएका छैनौं-उपप्रधानमन्त्री ईश्वर पोखरेल

हामीले जनमतको मेलो पाएका छैनौं-उपप्रधानमन्त्री ईश्वर पोखरेल


  • Dhorpatan News
  • फाल्गुन २२ २०७५, बुधबार

काठमाडाैं,  २२ फागुन – नेकपाका सचिवालय सदस्य एवं सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले जनमतको मेलो नपाएको बताएका छन्। मंगलबार यदु गौतमको २०औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले नेकपाले प्राप्त गरेको जनमतले विरोधीहरूको मुटु भतभती पोले पनि पार्टीले मेलो नपाएको बताएका हुन्। विरोधीहरूले गोविन्द केसी, निर्मला पन्त र वाइड बडी जस्ता घटनामा आगो झोस्न खोजे पनि आगो लगाउन नसकेको उनको दाबी थियो। ‘सरकारलाई असफल बनाउन स्वदेशी तथा विदेशी शक्ति लागिरहेका छन्,’ पोखरेलले भने। पोखरेलले सबैतिर पार्टी भएपनि कहीँ पनि छैनको अवस्था रहेको बनाए। पोखरेलले सरकार कानुन बनाउनतर्फ व्यस्त भएकाले जनताको अपेक्षा अनुसार डेलिभरी दिन नसकेको बताए। पोखरेलले यदु गौतमको हत्या दुर्भाग्यपूर्ण र आपराधिक घटना भएको बताए। उक्त घटना सामान्य नभएपनि त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले गौतमको घटना हत्यालाई नहनुपर्ने घटना भएको बताए। नेपालमा चलेको शसस्त्र द्वन्द्व सामन्तवाद विरुद्धको लडाइँ भएकाले उक्त युद्ध यदु गौतमहरूका विरुद्धको युद्ध नभएको बताएका छन्। ‘त्यो निकै दुःखद् घटना थियो,’ शर्माले भने। गौतमले शसस्त्र विद्रोहका लागि प्रशिक्षित गर्ने कामसमेत गरेको भन्दै उनको हत्या पार्टीको नीति र योजनाविपरीत भएको बताए। शर्माले पछिल्लो समय प्राप्त उपलब्धि लागु गर्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न उठेको भन्दै अहिले आफूहरू कम्युनिस्ट बन्ने प्रयासमा रहेको बताए। ‘हामी कम्युनिस्ट बन्ने प्रयासमा छौँ, तर कम्युनिस्ट बनिसकेका छैनौँ,’ उनले भने। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, गौतमकी श्रीमती एवं प्रतिनिधिसभा सदस्य तिर्था गौतमलगायतले आ–आफ्ना धारणा राखेका थिए। स्वर्गीय गौतमको स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य बागलुङका पत्रकार हरिनारायण गौतमलाई यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। तत्कालीन नेकपा एमालका रुकुम जिल्ला सचिवसमेत रहेका गौतमको २०५५ फागुन २१ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->