शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यी हुन् विश्वकै १० शक्तिशाली महिला

यी हुन् विश्वकै १० शक्तिशाली महिला


  • Dhorpatan News
  • फाल्गुन २५ २०७५, शनिबार

पोखरा, २५ फागुन – अमेरिकी पत्रिका फोब्र्सले सन् २०१८ का शक्तिशाली महिलाहरुको सूचीमा १ नम्बरमा जर्मन चान्सलर एन्जेला मर्केललाई राखेको छ। जर्मनको क्रिश्चियन डेमोक्रेटिक युनियन पार्टीकी नेतृ मर्केल सन् २००५ देखि लगातार जर्मनीको चान्सलर छिन् । उनी युरोपियन युनियनकी प्रमुख हर्ताकर्तासमेत मानिन्छिन् । सन् १९८६ मा क्वान्टम केमिस्ट्रिमा विद्यावारिधी गरेकी उनले १९८९ सम्म अनुसन्धान वैज्ञानिकका रुपमा काम गरेकी थिइन् ।
दोस्रो नम्बरमा बेलायती प्रधानमन्त्री थेरसा मे छिन् । उनी सन् २०१६ देखि बेलायतका प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीकी नेतृ छिन् । उनी २०१० देखि २०१६ सम्म बेलायतको गृहमन्त्री थिइन् । उनी पहिलोपटक १९९७ मा संसद सदस्य चुनिएकी थिइन् ।
तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक एवं अध्यक्ष क्रिस्टिन लागार्ड छिन् । उनी यो पदमा ५ जुलाई २०११ पछि छिन् । फ्रेन्च वकिल तथा राजनीतिज्ञ उनले फ्रान्समा विभिन्न मन्त्रालयको नेतृत्व प्रदान गरिसकेकी छिन् । उनी जी ८ मुलुकको अर्थमन्त्री र अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख बन्ने पहिलोमहिला हुन् । उनलाई २००९ मा फाइनान्सियल टाइम्सले युरोजोनको उत्कृष्ट अर्थमन्त्रीको सूचीमा राखेको थियो । चौथो नम्बरमा जनरल मोटर्सकी प्रमुख कार्यकारी मेरी टेरेसा बारा परेकी छन् । उनी विश्वव्यापी बजार भएको गाडी कम्पनीकी पहिलो कार्यकारी हुन् । उनले उक्त कम्पनीमा १८ वर्षको उमेरमा १९८० देखि काम गर्न सुरु गरेकी थिइन् ।
पाँचौ नम्बरमा अविजेल जोन्सल छिन् । उनी सन् २०१४ देखि अमेरिकी लगानी कम्पनी फिडेलिटी इन्भेस्टमेन्टकी प्रमुख कार्यरी छिन् । उक्त कम्पनी उनका हजुरबाले स्थापना गरेको हो । यो कम्पनीका विश्वभर ४५ हजार कर्मचारी छन् । उनको सम्पत्ति १६.५ अर्ब डलर छ ।
६. मेलिन्डा गेट्स– बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनकी सह–संस्थापक
७. सुसान वोजकिक्की– युट्युबकी प्रमुख कार्यकारी
८. आना प्याट्रिसिया बोटिन– बान्को सान्टेन्डरकी कार्यकारी अध्यक्ष
९. मार्लिन ह्युसन– लकहिड मार्टिनकी प्रमुख कार्यकारी
१०. गिन्नी रोमेटी– आइबीएमकी प्रमुख कार्यकारी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->