शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरकार-राउतबीचको सहमति,देश टुक्रयाउन चाहनेलाई चोट: महासचिव पाैडेल

सरकार-राउतबीचको सहमति,देश टुक्रयाउन चाहनेलाई चोट: महासचिव पाैडेल


  • Dhorpatan News
  • फाल्गुन २५ २०७५, शनिबार

बुटवल, २५ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन्। सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताए। ‘राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई करारी चोट दिएको छ’, उनले भने, ‘अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ।’
महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए। उनले भने,’राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन्।’ ‘छुटै मधेश’ हुनुपर्ने भन्दै उनले पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको जानकारी दिए। ‘नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुदैन’, उनले भने,’सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->