शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मन्त्री अधिकारीसहित सातै शवको पहिचान, परिवारलाई बुझाइँदै

मन्त्री अधिकारीसहित सातै शवको पहिचान, परिवारलाई बुझाइँदै


  • Dhorpatan News
  • फाल्गुन १७ २०७५, शुक्रबार

काठमाडौं, १७ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात शवको पोस्टमार्टम सकिएको छ।  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा. रिजेन श्रेष्ठकाअनुसार बिहीबार राति सवा १ बजे सातैवटा शवको पहिचान भएको हो। पोस्टमार्टम सकिएकाले शुक्रबार बिहान परिवारलाई शव बुझाउने तयारी गरिएको डा. श्रेष्ठले जानकारी दिए । बिहीबार दिउँसो शवको पोस्टमार्टम नसकिँदा टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको थियो । हिजो तीन बजेपछि हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहान आठ बजेका लागि सारिएको छ। सरकारले बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा तयारी पूरा गरेको थियो। श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तित्व, राजनीतिक दलका नेता पुग्ने तयारी थियो भने आम सर्वसाधारणको भिड टुँडिखेलमा बढेको थियो।  ताप्लेजुङमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे सवार थिए। अन्नपूर्णपोष्ट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->