शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने


  • Dhorpatan News
  • फाल्गुन १७ २०७५, शुक्रबार
k|wfgdGqL s]kL zdf{ cf]nL, g]kfn sDo'lgi6 kf6L{ -g]skf_ cWoIf k'iksdn bfxfn k|r08 tfKn]h'ªdf ut a'waf/ ePsf] x]lnsf]K6/ b'3{6gfdf lgwg ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /ljGb|k|;fb clwsf/L kfly{s zl//df >2fl~hnL JoQm u/L kf6L{sf] em08f cf]9fpb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

कास्की, १७ फागुन– हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराए ।

मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->