बागलुङ, १८ चैत -राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको माग गर्दै आजदेखि हस्ताक्षर अभियान शुरु गरेको छ ।
राप्रपाको केन्द्रीय अभियान अनुसार बागलुङ लगाएत देशैभर हस्ताक्षर संकलन अभियान सुरु गरेको हो । बागलुङको लोकतान्त्रीक चोकमा आयोजित कार्यक्रममा राप्रपाका जिल्ला सचिव विष्णु सापकोटाले अभियनानको सुरु गरेका थिए । नेपालको पहिचान हिन्दु धर्म भएकाले सरकारलाइृ हिन्दु राष्ट्र घोषणाका लागि दवाव दिन हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले वताए । मुलुकको प्राचीन सभ्यता, संस्कृति, सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको पहिचान खाँचो उनले बताए। पहिलो दीन करिव १ हजार भन्दा वढी नागरिकले हिन्दु राज्यको पक्षमा हस्ताक्षर गरेका छन् । अभियान ३ दीन सम्म संचालन हुने छ ।
तल्लो तहदेखि नै सङ्कलन गरिएको हस्तारक्षरलाई एकीकृत गरी आगामी वैशाखमा सरकारलाई बुझाउने राप्रपाले जनाएको छ ।
राप्रपा बागलुङका जिल्ला अध्यक्ष सुरेन्द्र खड्का ,सचिव विष्णु सापकोटा, जिल्ला सदस्य डिल्ली प्रसाद आचार्य, नारायण सापकोटा ,क्षेत्रीय अध्यक्ष लक्ष्मी सापकोटा लागएतको टोलीले बागलुङमा ३ दीन सम्म हस्ताक्षर संकलन गर्ने जनाईएको छ ।





