शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रजिअ खरेलको सक्रिय अनुगमन र उपाध्यायको कुशल ब्यवस्थापनले बागलुङको परिक्षा मर्यादित रुपमा सकियो

प्रजिअ खरेलको सक्रिय अनुगमन र उपाध्यायको कुशल ब्यवस्थापनले बागलुङको परिक्षा मर्यादित रुपमा सकियो


  • Dhorpatan News
  • चैत्र १९ २०७५, मंगलबार

बागलुङ, १९ चैत – बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा परिक्षा समन्वय समितिका अध्यक्ष वेद प्रसाद खरेलको सक्रिय अनुगमन र शिक्षा इकाई प्रमुख कृष्मराज उपाध्यायको कुशल ब्यवस्थापनका कारण जिल्लाको एसईई परिक्षा मर्यादित र शान्त बातावरणमा सकिएको छ । माध्यमिक शिक्षा परिक्षा – २०७५मा देशभर प्रश्नपत्र आउट, विधार्थी रेष्टिकेट, केन्द्राध्यक्ष र निरीक्षकको निश्कासन, परिक्षा स्थगित लगायतका नकारात्मक समाचार वाहिर आइरहदाँ बागलुङमा भने परिक्षा अत्यन्त मर्यादित रुपमा समपन्न भएको जिल्ला शिक्षा इकाई बागलुङले जनाएको छ ।
केन्द्र छनौट गरेर हरेक दिन प्रजिअ आफै केन्द्रमा पुग्ने, केन्द्राध्यक्ष र निरीक्षकलाई सल्लाह सुझाव दिने, विद्यार्थीलाई परिक्षा सुरु हुुनु अगाडि नै हौसला प्रदान गर्ने लगायतका कार्यले परिक्षा मर्यादित रुपमा समपन्न भएको जिल्ला शिक्षा इकाइले जनाएको छ । इकाइ प्रमुख उपाध्यायको कुशल ब्यवस्थापनका कारण सवै स्थानमा समयमा नै प्रश्नपत्र मर्यादित रुपमा पुग्ने, उपयुक्त स्कुलमा केन्द्रको निर्धारण, सक्षम केन्द्राध्यक्षको छनौट र अनुगमन प्रक्रियाको ब्यवस्थापनले पनि परिक्षालाई थप मर्यादित बनाएको केन्दाध्यक्षहरुको भनाई छ ।
परिक्षा केन्द्र सञ्चालन भएका स्थानीय सरकार प्रमुखको समन्वतात्मक कार्यशैलीले पनि परिक्षालाई थप ब्यवस्थित र मर्यादित बनाउन सकिएको इकाई प्रमुख कुष्मराज उपाध्यायले वताए । ‘हामीलाई सवैक्षेत्रबाट सकारात्मक सहयोग प्राप्त भयो,’ इकाई प्रमुख उपाध्यायले भने–स्थानीय जनप्रतिनिधी, केन्द्राध्यक्ष, निरीक्षक र अभिभावकको सकारात्मक सहयोगले परिक्षालाई मर्यादित बनाउन सहज भयो ।’
यसैविच, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले परिक्षालाई थप ब्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सहयोग गर्ने सवैलाई परिक्षा समवन्य समिति र आफ्नो तर्फबाट धन्यवाद दिएका छन । जिल्लाको नै दोस्रो ठूलो परिक्षा केन्द्र न्यू एभरेष्ट आ.मा.वि. रामरेखा परिक्षा केन्द्रमा दोस्रो पटक अनुगमन गर्न सोमवार पुगेका प्रजिअ खरेलले परिक्षलाई मर्यादित रुपमा समपन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै आभार ब्यक्त गरेका छन । प्रअिज खरेलले भनेका छन–‘परिक्षालाई मर्यादित रुपमा सहयोग गर्ने सवैमा परिक्षा समन्वय समितिको तर्फबाट हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।’ प्रअिज खरेलले लिखित रुपमा नै भनेका छन, ‘केन्द्राध्यक्ष, परिक्षा टीमका सवै साथीहरु, नगरप्रमुख, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायत सवैमा धन्यवाद दिन चाहान्छु ।’ अनुगमनका लागि यस विद्यालयमा प्रजिअ खरेल, इकाई प्रमुख उपाध्याय, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्त, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, इकाईका शाखा अधिकृत सरितादेवी शर्मा, सन्दिप पौडेल, ढक वहादुर पुन, गौरव राना लगायतको टोली पुगेको थियो ।

न्यू एभरेष्ट आमाविमा यसपटकको परिक्षामा ३५९ जना विद्यार्थीले परिक्षा दिएको केन्द्राध्यक्ष तथा विद्यालयका प्रिन्सिपल कृष्ण वहादुर अधिकारीले वताए । जिल्लाका ३१ वटा परिक्षा केन्द्रमध्ये यो दोस्रो ठूलो केन्द्र भएको अधिकारीले जानकारी दिए । यो केन्द्रमा सवै विद्याथीे शान्त वातावरणमा मर्यादित रुपमा परिक्षामा सहभागी भएको उनले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->