शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सिवाईसीको कार्यक्रम सार्वजानीक

सिवाईसीको कार्यक्रम सार्वजानीक


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७५, मंगलबार

बागलुङ, १९ चैत -जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी स्थापना दिबस मनाउन विविन्न  कार्यक्रम सार्वजानीक गरेको छ ।

संस्थाले आफ्नो दशौं स्थापना दिवस तथा ६२ औं राष्ट्रीय सहकारी दिवसका अवसर पारी गर्न लागेका कार्यक्रमहरु सार्वजानीक गरेको हो । नवाहव्यापी कार्यक्रम अन्र्तगत आज पहिलो दिन पत्रकार सम्मेलनमार्फत संस्थाले सञ्चालन गरेका गतीविधिहरु र आगामी कार्य्दिशा जानकारी गराई सुरुवात गरेको संस्थाले जनाएको छ । कार्यक्रम अन्तर्गत २० गते ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लि. बागलुङले आयोजना गरेको विहानी कार्यक्रम ¥यालीमा सहभागी हुने र दिनमा संस्थाको आयोजनामा सहकारी शिक्षा तालिम सञ्चालन गर्ने, २१ गते सदस्यता विस्तार अभियान अन्तर्गत सम्पूर्ण सदस्य सेवाकेन्द्रहरु घरदैलो मार्फत एकै दिनमा ५ सय जना नयाँ शेयर सदस्य थप गर्ने, २२ गते जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा अन्तरकृया कार्यक्रम, २३ गते केन्द्रिय कार्यालय अन्तर्गत महिला गोष्ठी, बुर्तिवाङ र खर्वाङ सदस्य सेवा केन्द्र अन्तर्गत मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको सहजिकरणमा सकरात्मक सोच सम्वन्धि ५ सय जनासंग अन्तरकृया कार्यक्रम, २४ गते केन्द्रिय कार्यालय अन्तर्गत युवा सम्मेलन, हटिया र विहुँ सदस्य सेवाकेन्द्र अन्तर्गत अधिकारीकै सहजिकरणमा सकरात्मक सोंच सम्वन्धि ५ सय जनासंग अन्तरकृया कार्यक्रम, २५ गते बाल सम्मेलन र २६ गते मुल समारोह गरी नवाहव्यापी कार्यक्रम सम्पन्न गर्ने पत्रकार सम्मेलन मार्फत संस्थाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->