शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा मरासिनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा मरासिनी


  • थम्मन थापा
  • चैत्र २१ २०७५, बिहिबार

गलकोट,२१ चैत -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगरपालिका ७ को अध्यक्षमा ललित मरासिनी चयन भएका छन । बिहीबार सम्पन्न वडा भेलाले मरासिनीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो। समितिको सचिवमा हुम बहादुर बस्नेत चयन भएका छन। नेपाल कम्युनिष्ट पार्टी नेकपाको नगर कमिटीमा छुम बहादुर थापा, डिल बहादुर परियार, टोप बहादुर थापा, जमुना दर्जी र ज्ञान बहादुर थापालाई सिफारिस गरेको छ । भेलामा पार्टीलाई थप शसक्त बनाउने, संगठन सुदृढिकरण, जनताको समृद्वि र विकासमा खेल्नुपर्ने भुमिका, विकास निर्माण लगायतका विषयमा अन्तरकृया गरिएको थियो । भेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा संयन्त्र सदस्य छुम बहादुर थापाको अध्यक्षता र वडा संयन्त्र सदस्य हुम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->