शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

घुम्टेमा ‘गुराँस उत्सव’

घुम्टेमा ‘गुराँस उत्सव’


  • Dhorpatan News
  • चैत्र २१ २०७५, बिहिबार
3'D6]df u'/fF; – afun'ªsf] unsf]6df cjl:yt ko{6sLo n]s 3'D6]df km"n]sf] u'/fF; . tLg xhf/ !@) ld6/ prfOdf cjl:yt 3'D6] ko{6sLo uGtJosf] ?kdf kl/lrt 5 . tl:j/ M /fdaxfb'/ yfkf, /f;;, afun'ª

बागलुङ,२१ चैत -बागलुङको घुम्टे लेकमा हुदै आएको ‘गुराँस उत्सव’ यस वर्ष पनि आयोजना गरिएको छ । लालीगुराँस संरक्षण र लेकको प्रचार प्रसारको लागि विगत सात वर्षदेखि सुरु गरिएको ‘गुराँस उत्सव’ यस वर्ष चैत ३० र वैशाख १ गते हुदैछ समुद्री सतहदेखि १० हजार ९ सय ९३ फिटको उचाइमा रहेको घुम्टेमा फुल्ने दर्जनौ प्रजातिका गुराँसको संरक्षण र प्रचारको लागि उत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए ।
केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले अत्यन्त महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनमा यो उत्सवले टेवा पु¥याउने आयोजकको भनाई छ । घुम्टे धुरीमा शिद्ध भैरवको मन्दिर छन् । ती मन्दिरमा वैशाख पूर्णिमामा दर्शन गर्न जाने भक्तजनको घुइचो लाग्ने गर्दछ ।
गुराँस उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइलाजस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनी गरिनेछ । उत्सवमा सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डात्तोलन, ‘क्याम्प फायर’ लगायतका कार्यक्रम छन । चैत–वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्न थरिका गुराँसले घुम्टेको लेक राताम्मे हुन्छ । यहाँ दुर्लभ मानिने सेतो लालीगुराँस सहित दर्जनौ प्रजातिका फूल फुल्ने गर्दछन । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्न तथा संरक्षित वन क्षेत्र र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि अगाडि सारेको बरिष्ठ उपाध्यक्ष राज थापाले बताए ।
घुम्टेको लेकबाट मनमोहक सूर्योदय र सूर्यास्त सहित दुई दर्जनभन्दा बढी हिमशृङ्खला र मनोरम दृश्य हेर्न सकिन्छ । घुम्टे लेकसम्म पुग्न पैदल मार्ग समेत निर्माण गरिएको छ । पाण्डवखानी, हरिचौर र ताराखोलाबाट पर्यटकीय पदमार्ग निर्माण भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->