शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडको सामाजिक विकृति विरुद्धको अभियानलाई टोलटोलले साथ दिँदै

बडिगाडको सामाजिक विकृति विरुद्धको अभियानलाई टोलटोलले साथ दिँदै


  • कमल पौडेल
  • चैत्र २२ २०७५, शुक्रबार

बागलुङ ,२२ चैत -बडिगाड गाउँपालिकाले शुरु गरेको सामाजिक विकृति विसंगती विरुद्धको अभियानकै क्रममामा वडा नं. २ को सिमलचौरमा टोल समितिको गठन गरिएको छ। सामाजिक विकृति विसंगति न्यूनिकरण टोल समितिको अध्यक्षमा गणेश सापकोटा, उपाध्यक्षमा रामु पौडेल, सचिवमा वुद्ध पौडेल, कोषाध्यक्षमा टेकनारायण सापकोटा, सहसचिवमा करिस्मा राना लगाएत रहेका छन। साविक वडा नं. ६ को टोल भेलाले गाउँपालिकाले घोषणा गरेको २८ वुँदे प्रतिवद्धतालाई आत्मसाथ गर्दै टोल समितिको गठन गरेको हो। समितिले टोल भित्र हुने कुनै प्रकारको विभेद, जुवातास, मदिरा, वालविवाह, दाइजो लगाएतका सामाजिक विकृति विरुद्ध सचेतना संगै कार्वाहिको लागी सिफारिस समेत गर्ने छ। कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, बडिगाड गाउँपालिकाका प्रेस सल्लाहकार कमल पौडेल लगाएत स्थानिय क्लव, आमा समुह, विद्यालय, सामुदायीक वन, विभिन्न समितिहरुका पदाधिकारी सहित स्थानियहरुको सहभागिता रहेको थियो। भेलाले सामुहीक रुपमा सामाजिक विकृति विरुद्ध लड्न सवैलाई आग्रह गरेको छ। बडिगाड गाउँपालिकाले यहि चैत्र ८ गते बडिगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरण गर्ने भन्दै २८ वुँदे प्रतिवद्धता घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->