गलकोट,२२ चैत -गलकोट नगरपालिकाकाकी उपमेयर रेनुका काउचा मगरले गलकोट नगरलाई कृषिमा हराबरा बनाउन कृषकहरु ब्यवसायीक खेति तर्फ लाग्नुपर्ने बताइन।
सयुक्त कृषि समिति गलकोट नगरपालिका वाड नम्बर ६ को आयोजनामा सञ्चालन गरिएको ३ दिने ब्यवसायिक कृषि तालिमको समापन गर्दै काउचाले थोरै कृषकले धेरै उत्पादन गर्न नसकेसम्म कृषिमा क्रान्ति नहुने धारणा ब्यक्त गरिन।
कृषिमा आधुनिकिरण गरि कृषक, कषक बिचमा समन्वय गर्दै अगाडि बढन सके गलकोटलाई कृषिमा हरावरा बनाउन सकिने काउचाको भनाई थियो । कृषिसम्बन्धि भन्दा राजनैतिक प्रशिक्षण बढि हुने गरेका कारण कृषिपेसा अंगाल्न कृषकहरु न्युन भएको उनले बताइन।
नगरभित्रका कृषकहरुलाई कसरी प्रोत्साहन गर्न सकिन्छ र नगरलाई कृषिमय बनाउनका लागी कस्तो किसिमको योजना बनाउने भन्ने बिषयमा छलफल भईरहेको काउचाले जानकारी दिइन। कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नर बहादुर खत्री, पार्वति माद्यामिक बिद्यालयका प्रध्यानाध्यापक हेम बहादुर बुढाथोकि, नेकपाका प्रतिनिधि मञ्जु श्रीस, नेपालि काग्रेसका योगेश भण्डारी, सहभागीको तर्फदेखि अमृता बिक लगायतले मन्तब्य राखेका थिए। 
कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाहमुखि नभएर ब्यवसायीक कृषि पेसा अंगाल्नुपर्ने बताएका थिए । कार्यक्रमका अवसरमा कृषि पेसा कसरी गर्ने, कृषिबाट कसरी आम्दानी गर्न सकिन्छ । बजार ब्यवस्थापन कसरी गर्ने लगायतका बिषयमा सहजिकरण गरिएको थियो । कार्यक्रमको सहजिकरण कृषि अधिकृत बिश्वास काफले, गलकोट नमुना माद्यामिक बिद्यालयका कृषि शिक्षक नविन पौडेल, कृषि शिक्षक सुरेशसिह कोईराला लगायतले गरेका थिए।
कार्यक्रम कृषि समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षता, सदस्य तारा श्रीसको स्वागत मन्तब्य र गलकोट नगरपालिकाका कृषि तथा पशु साखा प्रमुख चिन्तामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।





