शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोत मन्दिरमा गरिदै आएको पुजाआजालाई व्यवस्थित गरिने

कोत मन्दिरमा गरिदै आएको पुजाआजालाई व्यवस्थित गरिने


  • थम्मन थापा
  • चैत्र २२ २०७५, शुक्रबार

बागलुङ, २२ चैत – खडग कालिका मल्म सप्ताहघाटको बैठक आज सम्पन्न भएको छ । बैठकले परापुर्वकाल देखिनै चैते दशैको अवसरमा कोट मन्दिरमा गरिदै आएको पुजाआजालाई निरन्तरता दिदै थप व्यवस्थित बनाउने निर्णय गरेको छ । मन्दिरमा पुजा अर्चनाकोलागि जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापा, गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापा र वडा सदस्य लोक बहादुर थापाको नेतृत्वमा पुजा सञ्चालन गर्ने, आवश्यक व्यवस्थापन मिलाउने जिम्मेवारी प्रदान गरिएको छ । पौराणिक काल देखि कोट मन्दिरमा चैते दशैं र बडा दशैंमा पुजा अर्चना गर्ने, बलि चढाउने परम्परा रहेको छ । उक्त खडग कालिका कोट तथा माईको मन्दिरमा गलकोट नगरपालिका वडा नं ७ को बतासेडाँडा देखि मल्मडाँडा हुँदै झिर्का सम्मका झण्डै २५० घरधुरीले सामुहिक पुजाअर्चना गर्दै आईरहेका छन । पछिल्लो समय समुदायको पुजाआजा प्रति चासो घटदै जान थालेपछि यो पटक जनप्रतिनिधीहरुले यसप्रति चासो व्यक्त गरेको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । धार्मिक आस्थाको धरोहर खडग कालिका कोट मन्दिरमा पुजा अर्चना तथा दर्शन गरे मनोकामना पुरा गर्ने जनविश्वास रहेको थापाको भनाई छ । चैते दशैंको अवसरमा चैत २८ गतेदेखि ३० गते सम्म पुजा अर्चाना गरिने मन्दिरका सचिव एवं पण्डित रामचन्द्र गौतमले जानकारी दिए। बैठक खडग कालिका मन्दिर व्यवस्थापन समिति गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->