शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७५, शुक्रबार

बागलुङ ,२२ चैत -जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले शुक्रबार संस्थाका जेष्ठ शेयर सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । सहकारी संस्थाले आप्नो स्थापनाको दशौं वर्षगाठका सन्दर्भमा आयोजना गरेको नवाहव्यापी कार्यक्रम अन्तर्गतको शुक्रबार चौथो दिन संस्थामा आवद्ध जेष्ठ सदस्यहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

स्वास्थ्य परीक्षण मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को प्राविधिक सहयोगमा मुक्तिनाथ हसिप्टलमै सम्पन्न गरिएको थियो । निःशुल्क स्वास्थ्य परीक्षण सेवा अन्तर्गत ६० जना भन्दा बढी जेष्ठ शेयर सदस्यहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । डा.तरुण, डा. प्रदिप, डा. दीपक, डा. अजय , डा. शैलेन्द्र, डा. निरञ्जन लगाएतका विशेषज्ञ डाक्टरहरुले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणकै क्रममा सम्पूर्ण जेष्ठ नागरिकहरुका लागि संस्थाको तर्फबाट एक÷एक थान मायाको पोको नाम दिइएइको उपयोगि सामाग्री समेत प्रदान गरिएको थियो ।

संस्थाले स्वास्थ्य परीक्षण संगै मानव सेवा आश्रमसंगको सहकार्यमा जेष्ठ शेयर सदस्यहरुका लागि होटल पिस प्यालेसमा उनीहरुलाई सकरात्मक उत्प्रेरण जगाउने अभिप्रायले अन्तरकृया कार्यक्रम समेत आयोजना गरेको थियो । अन्तरकृयाका क्रमम मानव सेवा आश्रमका केन्द्रिय सदस्य होमनाथ तिमिल्सीना, मानवसेवा अश्रमका अभिभावक उषा गोसेली, मानव सेवा आश्रमकै केन्द्रिय सदस्य नवराज के.सी. र मानव सेवा आश्रम बागलुङ शाखाका अभिभावक सुवास के.सी.ले सकरात्मक उत्प्रेरण सम्वन्धमा प्रशिक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->