शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोलामा भुसाल र चौधरीको बिदाई

ताराखोलामा भुसाल र चौधरीको बिदाई


  • पूर्णभद्र न्युरे
  • चैत्र २२ २०७५, शुक्रबार

ताराखोला ,२२ चैत -ताराखोला गाउँपालिकाले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत र सह लेखापाललाई बिदाई गरेको छ ।
सरुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौ जान लागेका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुसाल र लोहरकटी नगरपालिका महोत्तरी जान लागेका सहायक लेखापाल रामललित चौधरीलाई एक कार्यक्रमका बिच प्रशंसा पत्र र मायाको चिनो सहित बिदाई गरिएको हो । कार्यक्रम मा बोल्ने बक्ताहरुले गाउँपालिकामा रहदा भुषाल र चौधरीले पुर्याएको योगदान र कार्यसम्पादन शैलीको प्रसंसा गरेका थिए ।
ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन रोका,नेकपाका प्रतिनिधि टेकबहादुर केसि , नेकपा क्रान्तिकारीका अमृत घर्ती,वडा नम्बर २ का वडा अध्यक्ष भद्रबहादुर घर्ती , स्वास्थ्य शाखा प्रमुख शंकर बिष्ट लगायतले बिदाई मन्तव्य राखेका थिए।
कार्यक्रममा बिदाई भएर जान लागेका प्रमुख प्रशासकिय अधिकृत टोपलाल भुषाल र सहायक लेखापल राम ललित चौधरीले ताराखोला गाउँपालिकाको कार्यालयमा रहेका कार्य सम्पादन गर्दाको अनुभव ब्यक्त गरेका थिए ।
बिदाई कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता र वडा नम्बर १ का सचिव जितबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->