बागलुङ, २३ चैत-सामाजिक कृयाकलाप सॅगै खेलकुद र कला संस्कृतिको विकासमा आलोक युवा कल्वले आफनो पहिचान बनाउन सफल भएको छ। संस्थाले समाज रुपान्तरणमा सामाजिक गतिविधी मार्फत सकरात्मक भुमिका खेलेको छ। गलकोट नगरपालिका ६ जामुनडाॅडामा सक्रिय कल्वले स्थापनाकाल देखि नै यस्ता गतिविधीहरु गर्दै आईरहेको संस्थाका उपाध्यक्ष सञ्जय नेपालीले जानकारी दिए। वि.सं २०६९ सालमा स्थापना भएको संस्थाले विद्यार्थीलाई लक्षित गरी निशुल्क ट्युसन कक्षा, युवाहरुलाई लक्षित गरी लागुऔषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धी गोष्ठी, जातिय छुवाछुत सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको उपाध्यक्ष नेपालीले बताए । कल्वले समय समयमा सेवा क्षेत्रको मजुवा नौविसे टोल देखि पैयुडाॅडा भित्र टोल सरसफाई समेत गर्दै आईरहेको छ । समाजमा सामाजिक जागरणका गतिविधीहरु सञ्चालन गर्ने क्रममा यहि चैत २८ गते महिला हिंसा न्यूनिकरण, जातिय छुवाछुत सम्बन्धि नयाॅ ऐनमा भएको कानुनी जानकारी र सामाजिक सञ्जालको बढदो विकृति बारे जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको कल्वका अध्यक्ष भक्त बहादुर नेपालीले जानकारी दिए । कल्वले प्रत्येक वर्ष नयाॅ वर्षको अवसरमा वार्षिकोत्सव तथा नयाॅ वर्ष मेला गर्दै आईरहेको छ । यस वर्ष पनि संस्थाले विविध खेलकुद, सांस्कृतिक सॅगै प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको छ । खेलकुद मार्फत युवाहरुलाई सामाजिक सदभाव सहितको एकता र सांस्कृतिक कार्यक्रम मार्फत आफनो कला संस्कृतिको जगेर्ना गर्न संस्थाले यस्ता कार्यक्रमहरु समेत गर्दै आईरहेको कार्यवहाक सचिव अर्जुन नेपालीले बताए । वैशाख १ गते देखि ४ गतेसम्म हुने संस्थाको ८ औं वार्षिकोत्सव तथा नयाॅ वर्ष मेलामा रु ४० हजार राशीको साविकको वडा स्तरिय पुरुष भलिबल, रु ६ हजार राशी रहेको सामुहिक लोक नृत्य, रु ८ हजार राशीको लोपोन्मुख ठाडो भाका प्रतियोगिता, हाॅस छोप्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिएको कल्वले जनाएको छ । मेला अवधिभर राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुति रहने बताईएको छ ।





