बागलुङ ,२३ चैत – स्वर्गीय रिद्धीराज अधिकारीको सम्झनामा परिबारले मानब सेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेका छन। स्वर्गीय अधिकारीको छ महिनाको पुण्य तिथिमा परिवारले आश्रमलाई सहयोग गरेका हुन। श्रीमती कृष्णमैया अधिकारीले बाउन्न हजार ५ सय रुपैया सहयोग गरेकी हुन।पुण्य तिथिको अवसरमा आश्रममा रहेका २९ जना लक्ष्मी नारायणहरूलाई बिहानी भोजन समेत खुवाएको आश्रमका हरी रुचालले जानकारी दिए । स्वार्गीय श्रीमानको बैकुण्ठ बासको कामना गर्दै आश्रमलाई सहयोग गरेको कृष्णमैयाले बताइन। अनाथ र असाहयको कल्याणको लागि आश्रमले ठुलो भूमिका खेलेको छ ,यहाँ सहयोग गर्दा पितृकोको बैकुण्ठमा बास हुन्छ । अधिकारीले भनिन । बागलुङ नगरपालिका ३ निवासी रिद्धीराज गुरुका नामले प्रख्यात स्वर्गीय अधिकारीले बागलुङ शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएका थिए। बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङका पुर्व प्रधानाध्यापक अधिकारीकाे ६ महिना अघि लण्डन भ्रमणमा गएको बेला हृदय घात काे कारण असमायिक निधन भएको थियोे ।






