मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेपाल कम्युनिस्ट पाटी (नेकपा) ताराखोलाको नेतृत्वमा सहमति जुटेन

नेपाल कम्युनिस्ट पाटी (नेकपा) ताराखोलाको नेतृत्वमा सहमति जुटेन


  • पूर्णभद्र निउरे
  • चैत्र २४ २०७५, आइतबार

ताराखोला ,२४ चैत -नेपाल कम्युनिस्ट पाटी (नेकपा) ताराखोला गाउँपालिका स्तरीय पाटी संयन्त्रको बिस्तारित बैठक आईतबार सम्पन्न भएको छ ।
गाउँपालिको नयाँ नेतृत्व चयनका लागि बसेको बैठकमा नेतृत्वमा सहमति नभएपछि जिल्ला संयन्त्र लाई जिम्मा दिने गरी बैठक सकिएको हो। अध्यक्ष र सचीवमा आकांक्षी २/२ जनाको नाम जिल्ला संयन्त्रमा पठाउने निर्णय गरिएको गाउँपालिका स्तरीय पाटी संयन्त्रका सदस्य फुलमाया पुनले जानकारी दिइन।
अध्यक्षको लागि पुर्ब माओवादीबाट नरेश केसि र दिवस खत्री (पदम) र सचिबका लागि पुर्ब एमालेका धनप्रसाद बुढा र मनबहादुर लामिछानेले दाबेदारी प्रस्तुत गरेका थिए ।अध्यक्ष र सचिब मा सहमति नजुटे पनि बैठकले ७५ सदस्यीय ताराखोला गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सदस्यहरु फमलाल निउरे ,मोहनलाल शर्मा, राजिब घिमिरे ,जिल्ला पार्टी संयन्त्र सदस्य तथा जिला समन्वय समिती बाग्लुङका उपप्रमुख बिष्णु भुषाल ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेकपाका ताराखोला गाउँपालिका संयन्त्रका अध्यक्ष संजयकुमार श्रेष्ठको अध्यक्षता,धनबहादुर खत्रीको स्वागत र धनप्रसाद बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->