गलकोट,२७ चैत -पर्यटकलाई आकर्षित गर्न बागलुङको गलकोट नगरपालिका – १० पाण्डवखानीमा ‘मह शिकार (हनी हन्टिङ)’ बैशाखमा गरिने भएको छ । गलकोट नगरपलिका १० पाण्डवखानी र सरस्वती युवा क्लब रमुवाको सयुक्त आयोजनामा आगामि बैशाख १९ गते मह सिकार कार्यक्रम गर्न लागिएको हो । सो मह सिकार कार्यक्रममा रमुवाका मौरी भिरमा रहेका १ सय भन्दा बढी मौरीका गोलाबाट मह काढिने वडा अध्यक्ष तिलक घर्तिले बताए ।
परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिने बताउँदै घर्तिले अनुभवी र स्थानिय दक्ष मह शिकारीले मात्र शिकारमा भाग लिने बताए।
“अग्ला भिरपहरामा चढेर मह काढ्नु साहस र कौशलको काम हो”, अध्यक्ष घर्तिले भने पनि लोभ्याउँछ ।”
गलकोट रमुवाका पहरामा भिर मौरी पाइने भए पनि पहिलो पटक यसरी मह शिकार कार्यक्रम गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रमले टेवा पुग्ने विश्वास लिइएको छ । पाण्डवखानीको रमुवाका स्थानियले प्रत्येक बर्ष मह काढने गरेका छन ।
एउटा घारबाट करिब २० लिटर मह काढिन्छ । सम्पुर्ण घारबाट गरि एक सिजनमा २ हजार लिटर मह निकाल्ने गरिएको सरस्वती युवा क्लबका अध्यक्ष गिरिप्रसाद घर्तिले जानकारी दिए । रुमुवाका स्थानियहरुले बर्षौ पहिलेदेखि मह शिकार गर्ने गरेपनि उचित प्रचार र मोटरबाटोको कारण रमुवा क्षेत्र ओझेलमा परेको स्थानियको भनाई छ ।
हटिया देखि पाण्डवखानी सम्म ट्याक्सी चल्न सक्ने मोटरबाटो भएपछि यस बर्ष मह शिकार कार्यक्रममा आन्तरिक पर्यटकहरु भित्रिने सक्ने वडा कार्यालयले जनाएको छ ।
१५ गतेदेखि १९ गतेसम्म काढिने महलाई जम्मा गरि अन्तिम दिन ५० रुपियाका दरले मह चखाईने । त्यस्तै स्थानियले खरिद गरि लैजान सक्ने ब्यवस्था समेत मिलाईने क्लबले जनाएको छ ।





